गण्डकी प्रदेशमा सत्ता गठबन्धनतर्फका उमेदवारको मनोनयनपत्र दर्ता

खबर बुक
  • ख-
  • ख+

काठमाडाैं, २३ पुस ।  आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति गण्डकी प्रदेशमा सत्ता गठबन्धनतर्फका उमेदवारले मनोनयनपत्र दर्ता गराएका छन् ।

सोमबार पोखरास्थित प्रदेश निर्वाचनको कार्यालयमा पुगेर उनीहरूले उमेदवारी दर्ता गराएका हुन् ।

गण्डकीबाट रिक्त हुन लागेका तीन पदमध्ये गठबन्धनमार्फत नेपाली कांग्रेसका दुई र नेकपा ९माओवादी केन्द्र०का एकजनाले उमेदवारी दर्ता गराएका छन् ।


गण्डकीको अन्य समूहतर्फ कांग्रेसका किरणबाबु श्रेष्ठ र अपांगतारअल्पसंख्यक समूहतर्फ सोही पार्टीका पदम परियारले उमेदवारी दर्ता गराएका हुन् । गठबन्धनबाट महिला समूहतर्फ माओवादी केन्द्रकी मनरूपा शर्माले उमेदवारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालयले जानकारी गराएको छ ।

गठबन्धनबीच भागबन्डा गर्दा गण्डकीमा कांग्रेसले दुई र माओवादी केन्द्रले एक सिट पाएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्