कोशीमा माओवादीबाट चम्पादेवीकाे उम्मेदवारी दर्ता

खबर बुक
  • ख-
  • ख+

काठमाडौ, २३ पुस ।राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी नेता चम्पादेवी कार्कीले उम्मेदवारी दिएकी छन्। 

सोमबार बिहान कोशी प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा पुगेर कार्कीले उम्मेदवारी दर्ता गराएकी हुन्।उनको प्रस्तावकमा माओवादीका कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री मन्त्री गणेश उप्रेती र समर्थकमा कांग्रेस प्रदेश सांसद रामकुमार खत्री छन्। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्