नेकपा एसले टुंगायो राष्ट्रियसभा उम्मेदवार, बागमतीमा रिजाल तथा कर्णालीमा मल्ल 

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २३ पुस । आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले दुई जना उम्मेदवार टुंगाएको छ । 

नेकपा माओवादी नेतृत्वको सत्तारूढ गठबन्धनको भागबन्डामा परेको २ सिटमा नेकपा एसले उम्मेदवारी टुंग्याएको हो ।

नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार बागमती प्रदेशमा दलित क्लस्टर र कर्णाली प्रदेशमा महिला क्लस्टरमा उम्मेदवारी टुंगो लगाएर आज नै उम्मेदवारी दिन लागएिको हो । जसअनुसार बागमतीमा घनश्याम रिजाल विश्वकर्मा तथा कर्णाली प्रदेशमा सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको उनले जानकारी दिए ।

नेकपा एसको सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपालसहित तीनजनालाइ उम्मेदवार टुंगाउने जिम्मेबारी दिएको थियो । 

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्