प्रजातन्त्रमा गुट उपगुट स्वाभाविक प्रक्रिया होः काँग्रेस नेता केसी

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, २२ पुस ।  नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजेन्द्र कुमार केसीले पाटीमा कोही कसैसँग नजिक भएर अवसर पाउने कुरा गलत भएको बताउनुभएको छ ।

उहाँले नेपाली काँग्रेसले पाटिलाई गरेको योगदानलाई हेरेर मात्रै उम्मेदवार बनाउने गरेको बताउनु भएको छ ।

रेडियो काठमान्डुको कार्यक्रम राईट कर्नरमा कुराकानीका क्रममा  उहाँले पाटी भित्रका जुन समूहबाट नाम सिफारिस भए पनि राष्ट्रिय सभा निर्वाचनमा उच्च योगदान दिएको व्यक्ति नै उम्मेदवार हुने बताउनुभयो ।

गुट उपगुट विभिन्न लोकतान्त्रिक राष्ट्रका पाटीमा रहेको बताउँदै नेता केसीले प्रजातन्त्रमा गुट उपगुट कम्युष्टि पाटीमा मात्र नहुने तर्क गर्नुभयो ।

उहाँले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार तय गर्न छलफल  भइरहेको र योग्य उम्मेदवार छनोट हुने विश्वास व्यक्त गर्नुभयोे । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्