राष्ट्रिय सभा निर्वाचन : राप्रपाले टुंग्यायो ९ उम्मेदवारको नाम

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २२ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय सभा निर्वाचनका लागि ९ जना उम्मेदवार सार्वजनिक गरेको छ। 

कोशी प्रदेशमा उद्धब पौडेल, बागमती प्रदेशमा हेमजंग गुरुङ, नानु नगरकोटी, भरतमणि भट्ट र  पूर्णबहादुर विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय गरिएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए।

यस्तै गण्डकीमा गौमाया श्रेष्ठ र रोमबहादुर भण्डारी तथा लुम्बिनीमा निरञ्जन थापा र  बिजयलक्ष्मी सिंहलाई उम्मेदवार बनाउने निर्णय गरिएको हो।

यसैगरी मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि राप्रपाले उमेदवार टुंगो लगाएको बताइए पनि नामावली सार्वजनिक गरिएको छैन। 

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्