एमालेले टुंग्यायो राष्ट्रियसभा चुनावका १९ उम्मेदवार

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २२ पुस । नेकपा एमालेले राष्ट्रिय सभा सदस्यको चुनावका लागि उम्मेदवार टुङ्गो लगाएको छ ।

गठबन्धन नगरि एक्लै चुनावमा जाने निर्णय गरेको एमालेले १९ वटै उम्मेदवारको नाम टुङ्गो लगाएको हो ।

महासचिव शंकर पोखरेलका अनुसार कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला, अन्यबाट पर्शुराम अधिकारी तथा मधेसमा महिलाबाट उषादेवी थरुनी र अन्यबाट डाक्टर अर्जुनकुमार सिंह राजपुतलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

त्यस्तै बाग्मतीमा महिलाबाट रोचकुमारी चौलागाईं, अन्यबाट त्रिलोचन निर्मल पौडेल, अपाङ्गता–अल्पसङ्ख्यकबाट विवेक देवकोटा र दलितबाट ध्रुवराज विश्वकर्मा, गण्डकीमा महिलाबाट सम्झना देवकोटा, अन्यबाट चक्रबहादुर पराजुली, अपाङ्गता–अल्पसङ्ख्यकबाट हेमन्द्र शेरचन तथा लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी र अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्रीलाई उम्मेदवार बनाइएको एमालेले जनाएको छ ।

यस्तै कर्णालीमा महिलातर्फ विमलाकुमारी शाही, अन्यतर्फ डिल्लीप्रसाद भट्ट, दलिततर्फ हिक्मत विक र सुदूरपश्चिममा महिलातर्फ सावित्रादेवी घिमिरे, अन्यतर्फ ईश्वरीप्रसाद खरेल र अपाङ्गता–अल्पसङ्ख्यकबाट रामचन्द्र जोशीलाई उम्मेदवार बनाइएको एमालेले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्