नेपाल र भारतबीच भएको सम्झौता मुलुकको आर्थिक बिकासका लागि महत्वपूर्ण छः पर्यटनमन्त्री किराँती

खबर बुक
  • ख-
  • ख+

काठमाडौं ,२१ पुस। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल र भारतबीच भएको सम्झौता मुलुकको आर्थिक बिकासका लागि महत्वपूर्ण रहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा याक चौरी कृषक महासंघ, नेपालको केन्द्रीय कार्यालय उद्घाटन गर्दै मन्त्री किराँतीले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली भारत निर्यात गर्नेसम्बन्धी सम्झौताले मुलुकको आर्थिक सम्भावनाको ठूलो ढोका खुलेको बताउनुभएको हो ।

उहाले राष्ट्रवादको नाम दिएर मुलुकको हितमा रहेका कुरालाई विरोध गर्नुको कुनै अर्थ नरहेको जिकिर गर्नुभयो । मन्त्री किराँतीले मुलुकमा जनताको जीवनस्तर उकास्न साना–साना व्यापार व्यवसायहरुलाई प्रोत्साहन गर्नुपर्ने भएकाले आफुले त्यसलाई महत्वका साथ स्थान दिएको बताउनुभयो ।

उहाले कृषिलाई पर्यटनसंग जोड्नका लागि आफुले अधिकतम प्रयास गर्ने पनि बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्