एमाले सगंकाे छलफल  शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन होः नेता दाहाल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २० पुस । नेकपा माओवादी केन्द्रका नेता लेखनाथ दाहालले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन र सहकार्यको संस्कार स्थापित गर्न एमालेसँग छलफल गरेको बताउनु भएको छ ।

उहाँले एमालेको इच्छा बमोजिम नै गठवन्धले छलफल गरिरहेको बताउनु भएको हो । रेडियो काठमान्डुको कार्यक्रम राईट कर्नरमा बोल्दै उहाँले राष्ट्रिय सभा निर्वाचनका लागि विभिन्न छलफल भइरहेको र निष्कर्षमा पुग्न नसकेको बताउनुभयो ।

नेता दाहालले गत संसदीय समितिमा पनि सत्य निरूपण तथा मेलमिलाप आयोग विधेयकलाई सघाउने भन्दै एमालेले धोका दिएको बताउनुभयो । उहाँले अहिले एमालेले टिआरसि विधेयकलाई पास गर्न सहयोग गर्ने भन्दै भाग मागेकाले सत्ता गठबन्धनमा पनि मत एकता हुन नसकेको बताउनुभयो ।

 राष्ट्रिय सभा निर्वाचनमा सिट वाडँफाडँमा छलफल भइरहेको उहाले बताउनुभयो  । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्