एमालेले राष्ट्रिय सभामा हिस्सा खोज्योः माधव सापकोटा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १८ पुस। नेकपा माओवादी केन्द्रका नेता माधव सापकोटाले नेकपा एमालेले राष्ट्रिय सभामा हिस्सा खोजेको बताउनु भएको छ ।

उहाँले एमालेले टिआरसी विधेयकमा सकारात्मक हुने भन्दै राष्ट्रिय सभामा सहभागी गराउन भन्दै सत्ता गठबन्धनसँग प्रस्ताव गरेको बताउनुभएको हो ।

रेडियो काठमान्डु कार्यक्रम राईट कर्नरमा बोल्दै नेता सापकोटाले राजनीतिक सहकार्य र टिआरसी विधेयकलाई राजनीतिक सहमतिमा टुङ्ग्याउन एमालेलाई राष्ट्रिय सभामा सँगै लैजाने बताउनुभयो ।

उहाँले  एमाले ईमान्दार भएर सरकारसँग सहकार्य गरेरगएमा राष्ट्रिय सभामा एमालेलाई सँगै लैजाने कुरा गठबन्धन तयार रहेको बताउनुभयो । उहाँले विगतमा एमालेले गरेका समझदारी लागुमा ईमान्दारिता नदेखाएकाले अहिले पनि शङ्का लागि रहेको बताउनुभयो । अहिले गठबन्धनमा एमाले ईमान्दार भएर जान्छ कि जान्न भने कुरामा छलफल चलिरहेको उहाले बताउनुभयो ।

 नेता सापकोटाले एमालेको प्रस्ताव क्लियर भएर आएपछि छलफल गर्न सकिने बताउनुभयो  । उहाँले अहिलेसम्म   निष्कर्षमा नपुगेकाले भोलि   फेरि बैठक बस्ने बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्