सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु, लगत्तै एमालेसँग बस्ने तय

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १८ पुस ।  सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ ।

माघ ११ गते हुने राष्ट्रियसभाको सीट भागबन्डाबारे छलफल गर्नको लागि बैठक बसेको हो ।

बैठकमा कांग्रेस माओवादी केन्द्र, नेकपा एस र जसपा नेताहरु सहभागी छन् । हिजो र आज बसेको कांग्रेस र माओवादीबीचको बैठकमा गठबन्धनका अन्य दलसँग पनि छलफल गरेर सीटको भागबण्डा टुंग्याउने सहमति बनेको छ ।

चार ठूला दलहरू राष्ट्रियसभामा नागरिक उन्मुक्ति, लोसपा, जनमतलाई भाग नदिने पक्षमा छन् । तर, उनीहरूले गठबन्धनमा आफ्नो हिस्सा पाउनुपर्ने अडान राखेका छन् ।

साना दलहरूले पनि आकांक्षा राखेपछि गठबन्धनमा सीट भागबण्डा पेचिलो बन्दै गइरहेको छ । यता, कांग्रेस र माओवादीबीच राष्ट्रिय सभामा एमालेलाई पनि समेट्ने सहमति बनेको छ। यो बैठकलगत्तै गठबन्धन र एमालेको बैठक बस्ने तय भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्