क्रिस्चियन धर्मको बिषयमा आफ्नो अभिव्यक्तिलाई अतिरञ्जीत गरिएको छः पर्यटनमन्त्री किराँती

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १७ पुस ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले क्रिस्चियन धर्मको बिषयमा आफ्नो अभिव्यक्तिलाई अतिरञ्जीत गरिएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री किराँतीले क्रिस्चियन धर्मको बिषयमा आफ्नो अभिव्यक्तिलाई तोडमोड गरेर अतिरञ्जीत गरिएको भन्दै आक्रोश व्यक्त गर्नुभएको हो ।

उहाले घरमा घन्टी बजाएर छोराछोरीलाई क्रिस्चियनले सञ्चालन गरेको बिद्यालयमा पढाउन खोज्नेले देशको धर्मकोे रक्षा गर्छु भन्दै आफ्नो पुत्ला जलाउने काम गरेको तर्क गर्नुभयो । मन्त्री किराँतीले क्रिस्चियनको देशमा पठाउन एम्वेसीमा लाइन लाग्न पढाउने, जन्मदिनमा केक काट्नेहरुले नै आफ्नो अभिव्यक्तिको विरोध गरेको बताउनुभयो ।

त्यस्तै उहाले सञ्चारमाध्यमले पनि भाइरल हुने र विवाद हुने कुरामात्रै देखाउने गरेको भन्दै असन्तुष्टि प्रकट गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्