विशेष रुपान्तरण अभियानले नयाँ आशा र उत्साह पैदा भएको माओवादीकाे निष्कर्ष

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १७ पुस । नेकपा माओवादी केन्द्रले पार्टीको विशेष रुपान्तरण अभियानले नयाँ आशा र उत्साह पैदा भएको निष्कर्ष निकालेको छ ।

मंगलबार पार्टी कार्यालय पेरिसडाडामा पत्रकार सम्मेलन गर्दै माओवादी प्रवक्ता अग्नि सापकोटाले पार्टीको चारमहिने विशेष रुपान्तरण अभियानका कारण संगठन क्रियाशिल भएको र पार्टीलाई अघि बढ्ने आधार भएको समेत बताउनुभयो । उहाले अभियानको प्रतिवेदन तयार भइरहेको र केन्द्रमा आइसकेपछि थप छलफल गरिने बतानुभयो ।

अभियानका क्रममा पार्टीबाट पलायन हुने क्रम रोकिएको देखिएको र माओवादी प्रवेश गर्नेको संख्या पनि बढ्दै गएको उहाले दावी गर्नुभयो । सापकोटाले अन्तर्विरोध हल हुँदै गएको मूल्याङ्कनको आधार धेरै राम्रो भएको बताउनुभयो ।

त्यस्तै उहाले राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धन गरेरै अघि बढ्ने भन्दै सिट बाँडफाँटमा छलफल सुरु भएको जानकारी दिनुभयो । मन्त्रिपरिषद् फेरबदलका बिषयमा पनि गठबन्धन दलहरुबीच छलफल भएको उहाको भनाइ छ ।

प्रवक्ता सापकोटाले बालकुमारी घटना सामान्य नभएकाले गम्भीरतापूर्वक छानविन गर्नुपर्ने बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्