त्रिविको उपकुलपति तथा पदाधिकारीहरू खुला प्रतिस्पर्धाबाट नियुक्तिको माग गर्दै नेविसंघद्धारा प्रदर्शन

खबर बुक
  • ख-
  • ख+

काठमाडौ, १७ पुस । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति तथा पदाधिकारीहरू खुला प्रतिस्पर्धाबाट नियुक्तिको माग गर्दै प्रदर्शन गरेको छ ।

सो सङ्गठनले राजधानीको आर आर क्याम्पस अगाडिको सडकमा विश्वविद्यालयका उपकुलपति तथा पदाधिकारीहरू खुला प्रतिस्पर्धाबाट नियुक्तिको माग गर्दै सडक बहससहित प्रदर्शन गरेको हो ।

सो बहस कार्यक्रममा नेविसंघका विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्न माग गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्