नेपाली काँग्रेस का केन्द्रीय सदस्य सुशीला मिश्र भट्टले लोकतन्त्रको संस्थागत विकास र देशको विकासको लागि बिपी को मेलमिलापको सिद्धान्त अवश्यका रहेको बताउनुभएको छ ।
मेलमिलाप दिवसले काँग्रेसमा ठुलो महत्त्व राखेको बताउनुभयो । रेडियो काठमान्डुको कार्यक्रम राईट कर्नरमा बोल्दै केन्द्रीय सदस्य भट्टले नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाले लिएको नीतिलाई पाटिले शिरोधार्य गरेको बताउनुभयो ।
उहाँले पार्टीमा कुनै गुट उपगुट नभएको पनि दाबी गर्नुभयो । उहाँले नेपाली काँग्रेस एउटा घर भएकाले घरमा सामान्य छलफल र आफ्ना भनाई राख्नु सान्दर्भिक भएकाे बताउनुभयो । उहाँले देशमा सङ्कट आउँदा नेपाली काँग्रेस नेतृत्व लिने गरेको बताउनु भयो ।
उहाले पाटिका शुभेच्छुक तथा भातृ सङ्गठनकाे अधिवेशन ६ महिना भित्र गरिसक्ने गरी पाटिले काम गर्ने बताउनु भएको छ ।










