सरकारको काममा हस्तक्षेप नगर्न कर्मचारीहरुलाई पर्यटन मन्त्री किराँतीकाे निर्देशन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १५ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारको काममा हस्तक्षेप नगर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणको २५ औं वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौमा आयोजित कार्यक्रममा नीति नियम बनाउने काम प्रधानमन्त्री र सरकारको भएको भन्दै सरकारको काममा हस्तक्षेप नगर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको हो ।

उहाले नेपाल वायुसेवा निगमको ‘ग्राउन्ड ह्यान्डलिङ’को बिषयमा कर्मचारीको नभई सरकारको भएकाले यसमा अनावश्यक टिकाटिप्पणी नगर्न पनि कर्मचारीहरुलाई चेतावनी दिनुभयो । उहाले नेतृत्वमा रहेकाले बनाएको नीतिमा कर्मचारीहरु हिड्न सक्नुपर्ने उल्लेख गर्नुभयो ।

ग्राउन्ड ह्यान्डलिङको बिषयमा आवश्यक परे राष्ट्रिय सहमति नै आवश्यक पर्ने उहाको भनाइ छ । मन्त्री किराँतीले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउने, हवाई सेवा यात्रुमैत्री बनाउन ध्यान केन्द्रीत रहेको बताउनुभयो । उहाले अन्तराष्ट्रिय बिमानस्थलहरुको सञ्चालनका लागि पिपिपि मोडलबाट अघि बढाइने धारणा राख्नुभयो ।

कार्यक्रममा प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले नेपालको बायुसेवालाई बलियो बनाउन सवैबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाले आफुले व्यक्तिका लागि नभई संस्थाका लागि काम गर्दा आएका आलोचनाहरुलाई सहज रुपमा लिने जिकिर गर्नुभयो ।

कार्यक्रममा प्राधिकरणका केहि कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्