एनएमबी क्यापिटलको बाह्रौं वार्षिक साधारण सभा १८ कात्तिकमा हुने

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौ, २६ असोज।।एनएमबी क्यापिटलले कात्तिक १८ गते बाह्रौं वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो । सभामा कम्पनीले २१।०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । साथै, हाल कायम चुक्ता पुँजी २० करोडको १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । सभा आरण्य बुटिक होटल, मनकामना मार्ग, हात्तिसार, काठमाडौंमा दिउँसो ४ बजेबाट सुरु हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्