१३ पुस, काठमाडौं ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ ।
रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाहरुले शुक्रबार ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमा आगो लगाएका हुन् ।
आगलागका कारण मन्त्री ज्वाला सवार बा २ झ ५८६१ नम्बरको गाडी पूर्णरुपमा ध्वस्त भएको छ । त्यस्नै उनीहरुले केहि सार्वजनिक सवारी साधानमा समेत तोडफोड गरेका छन् ।
गाडीमा आगजनी गर्ने केहिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बिभिन्न माग राख्दै केहिदिन यता इपिएस कार्यालयमा युवाहरुले निरन्तर प्रदर्शन गर्दै आएका छन् । प्रदर्शनका क्रममा केहिबेर प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको छ । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले केहिबेर अश्रुग्यास र हवाई फायर गरेको थियो ।










