काठमाडौं, पुष १२ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सदस्यहरुले मापदण्डका आधारमा राष्ट्रियसभा निर्वाचनमा उमेदवार बनाउनुपर्ने सुझाव दिएका छन् ।
पार्टी कार्यालय सानेपामा बिहीबार बसेको बैठकमा केन्द्रीय सदस्यहरुबाट राष्ट्रियसभा निर्वाचनमा मापदण्डलाई कडाईका साथ पालना गर्नुपर्ने, नयाँलाई अवसर दिनुपर्ने लगाएतका सुझाव आएको प्रचार बिभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो ।
पार्टीले न्याय गर्नुपर्ने, पार्टीका नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने, फरक नीतिहरु महासमितिले पारित गर्नुपर्ने लगाएतका सुझाव आएको उहाले बताउनुभयो ।
त्यस्तै सोमबार प्रज्ञा भवनमा मनाइने राष्ट्रिय मेलमिलाप दिवसलाई प्रभावकारी रुपमा मनाउनुपर्ने र अन्य दलहरुलाई समावेश गराउनुपर्ने सुझाव समेत आएको विश्वकर्माले जानकारी दिनुभयो ।
बैठकमा पार्टी सांगठानीक बिषय, महासमिति बैठकको तयारी, मेलमिलाप दिवस, राष्ट्रियसभा निर्वाचन, समूदायमा कांग्रेस, सरकारका रहेका मन्त्रीहरुको काम लगाएतका बिषयमा छलफल भएको उहाले बताउनुभयो ।










