अमेरिकाले आफ्ना नागरिकलाइ, नेपालमा यात्रा गर्दा सावधानी अपनाउन भन्यो

खबर बुक
  • ख-
  • ख+

९ पुस, काठमाडौं ।अमेरिकाले आफ्ना नागरिकलाइ, नेपालमा यात्रा गर्दा सावधानी अपनाउन भनेकाे छ ।

नेपालमा राजनीतिक हिंसाको सम्भावना रहेको जिकिर गर्दै यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरिएको छ ।

अमेरिकी विदेश मन्त्रालयले पुस २ मा ल्याएको एडभाइजरीमा भ्रमण तय गरिसकेकाको हकमा पनि एक्लै पदयात्रा वा आरोहण नगर्न सुझाव दिइएको छ ।

‘पृथक् राजनीतिक हिंसाको सम्भाव्यताका कारण नेपाल यात्रा गर्दा सावधानी बढाइएको छ । शान्तिपूर्ण हुन खोजेका राजनीतिक प्रदर्शनहरू कहिलेकाहीं हिंसामा परिणत हुन सक्छन् र नेपाली (सुरक्षा) अधिकारीहरूले बल प्रयोग गर्न सक्छन्,’ उक्त ट्राभल एडभाइजरीमा भनिएको छ । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्