पुस ७, काठमाण्डाै । लुम्बिनी प्रदेश सरकारमा दुई मन्त्री थपेर आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको छ ।
कांग्रेसबाट प्युठानका सांसद सरोज थापा र माओवादीबाट बाँकेकी सांसद कृष्णा केसीलाई मन्त्री बनाउने टुंगो लागेको गृहमन्त्री एवं सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले बताए ।
उनका अनुसार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार कांग्रेसबाट थापालाई मन्त्री बनाउने टुंगो लगाएका हुन् । थापा र केसीलाई आइतबार शपथग्रहण गराइने कार्यक्रम तय भएको पाण्डेयले बताए ।
केसी खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय मन्त्री बन्ने टुंगो लागेको छ । थापालाई पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।
यस्तै माओवादीवाट केसीको नाम यसअघि नै पार्टीले सिफारिस गरेको थियो । बाँके जिल्लाको क्षेत्र नम्बर १ बाट विजय केसी यसअघि प्रदेशको विना विभागीय मन्त्री बनेकी थिइन्।











