काठमाडौंमा । एनसेल बिक्रीविरूद्ध नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ ९नेविसंघ०ले प्रदर्शन गरेको छ।
बिहीबार बिहान पद्मकन्या बहुमुखी क्याम्पसमा विद्यार्थीहरूले एनसेल बिक्रीमा भएको अनियमितता छानबिनको माग गर्दै प्रदर्शन गरेको हो।
कर छलेर मलेसियन कम्पनी आजियाटा एनसेलबाट बाहिरिएको भन्दै नेविसंघले विरोध जनाएको हो।
प्रदर्शनको क्रममा विद्यार्थीहरूले मास्क लगाएका थिए भने विभिन्न माग उल्लिखित पम्प्लेटहरू बोकेका थिए।
गत मंसिर १५ गते आजियाटाले एनसेलबाट बाहिरिने निर्णय गरेको थियो। आजियाटा बाहिरिएपछि स्पेक्ट्रलाइट युके लिमिटेडले एनसेलको ८० प्रतिशत सेयर किन्ने सम्झौता गरेको थियो।
विभिन्न राजनीतिक दलका नेताहरूले पनि एनसेल बिक्रीमा ठूलो अनियमितता भएको बताउँदै आएका छन्। सरकारले पनि यसमा छानबिन गर्न निर्देशन दिइसकेको छ।











