संयुक्त राष्ट्रसंघको गाजामा तत्काल मानवीय युद्धविरामको मागप्रति नेपालकाे समर्थन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २७ मंसिर । संयुक्त राष्ट्रसंघको महासभाले गरेको युद्धग्रस्त गाजामा तत्काल मानवीय युद्धविरामको मागप्रति नेपालले नेपालले समर्थन गरेको छ । 

मंगलरबार महासभाको आपतकालीन विशेष सत्रमा युद्धविरामको पक्षमा १५३ राष्ट्रले मतदान गरेका हुन् । जसमध्ये नेपालले पनि गाजामा तत्काल युद्धविराम गर्नुपर्ने प्रस्तावको पक्षमा मतदान गरेको हो ।

 राष्ट्रसंघका १९३ सदस्य राष्ट्रमध्ये गाजामा युद्धविरामको पक्षमा १५३ राष्ट्रले मतदान गर्दा विपक्षमा १० र तटस्थ २३ राष्ट्रले मत दिए । 

अमेरिकाले प्रस्तावको विपक्षमा मतदान गरेको थियो ।गत ७ अक्टोबरबाट इजरायल र हमासबीच युद्ध भइरहेको छ । जसले गाजा क्षेत्रमा ठूलो धनजनको क्षति भएको छ । यो युद्धले करिब १८ हजारभन्दा बढी प्यालेस्टाइनी मारिएका छन् । हमासको आक्रमणमा परि १४ सयभन्दा बढी इजरायली मारिएका छन् । 
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्