बर्दघाट सुस्तापूर्वमा व्यापारिक प्रयोजनमा प्रयोग भइरहेका सटर खाली हुने क्रममा बृद्धी

खबर बुक
  • ख-
  • ख+

नवलपरासी , २७ मंसिर ।नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा व्यापारिक प्रयोजनमा प्रयोग भइरहेका सटर खाली हुने क्रममा बृद्धी भएको छ ।

पछिल्लो समय आर्थिक सङ्कटका कारण व्यवसायी पलायन हुने क्रम बढेसँगै मुख्य बजारका सटर खाली हुन थालेका हुन्आ र्थिक गतिविधि सुस्त हुँदा व्यापार व्यवसायबाट पलायन हुनेको सङ्ख्या बढ्दै गएको हो।

खाद्यान्न किरानासँगै अत्यावश्यक व्यवसाय चले पनि अन्य व्यवसायमा कारोबार न्यून रहेकाले सरकारले तत्काल अहिलेको समस्या समाधान गर्न आवश्यक रहेको छ । जिल्लाका अन्य बजारको तुलनामा कावासोतीमा व्यवसायी पलायन हुने क्रम बढी छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्