नेविसंघले आयोजनामा ‘शिक्षा, रोजगारी र विदेश पलायन’ विषयक गोष्ठी सम्पन्न

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २५ मंसिर  । नेपाल विद्यार्थी संघ नेविसंघको आयोजनामा ‘शिक्षा, रोजगारी र विदेश पलायन’ विषयक गोष्ठी सम्पन्न भएको छ।

आइतबार नेपाल ल क्याम्पसमा शिक्षाविद्, विद्यार्थी नेता र सरोकारवालाहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।

नेविसंघका कार्यवाहक अध्यक्ष उज्ज्वल बज्राचार्यको सभापतित्वमा भएको कार्यक्रममा अर्थविद् उत्तम निरौला, सुरज सेजवाल, बैंकर्स मनोज ज्ञवाली, कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई र शिक्षाविद् प्रा।डा। विद्यानाथ कोइरालाले धारणा राखेका थिए।

सरोकारवालाले शिक्षालाई रोजगारसँग जोड्न सके युवाहरूले देशमै सम्भावना खोज्ने धारणा राखेका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्