बझाङ, २४ मंसिर । बझाङमा भिरबाट लडेर एक जना घाइते भयका छन्।
बाख्रा चराउन गएका केदारस्यु गाउँपालिका–८ लोतु मण्डेलगाउँका धनबहादुर बोहरा घाइते भयका हुन्।
अन्दाजी ५० वर्षीय बोहरा आइतबार दिउँसो बाख्रा चराउने क्रममा पारीमेला भिरबाट लडेर करिब ५० मिटर तल खसेका ६िए। बोहराको खुट्टामा चोट लागेको छ। उनको जिल्ला अस्पताल बझाङमा उपचार भैरहेको छ।
न्युज कारखाना











