पर्सा र दाङबाट लागूऔषधसहित २ जना पक्राउ

खबर बुक
  • ख-
  • ख+

काठमाडाैं, २४ मंसिर । पर्सा र दाङबाट लागूऔषधसहित दुईजना पक्राउ परेका छन् ।

 पर्सा, वीरगञ्ज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध  लागूऔषध खैरो हेरोईन १ ग्राम २१० मिलिग्रामसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-११ बस्ने ४० वर्षीय समिर लामालाई  प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण व्यूरो पर्साबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आइरहेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

दाङकाे घोराही उपमहानगरपालिका-१५ आदर्श टोलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम २४० मिलिग्राम र नगद ९९ हजार ७५ रूपैयाँसहित सोही टोल डेरा गरी बस्ने बंगलाचुली गाउँपालिका-५ घर भएकी २० वर्षीया बिमला परियार समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ र नगदसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्