११ औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२३ आजबाट काठमाडौंमा सुरु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर २३ । ११ औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२३ शनिबारबाट काठमाडौंमा सुरु भएको छ ।

मानव अधिकार चलचित्र केन्द्रको आयोजनाको आयोजनामा सुरु महोत्सवको राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले उद्घाटन गर्नुभयो । सो क्रममा उहाले चलचित्र , बृतचित्र मार्फत मानव अधिकारसम्बन्धी जनचेतना जगाउने काम प्रभावकारी हुने बताउनुभयो । मानवअधिकार आयोगले पनि मानव अधिकारसम्बन्धी जनचेतना जगाउन बर्षभरी बिभिन्न स्थानमा ७५ वटा कार्यक्रम गर्ने लक्ष्य राखेको उहाले बताउनुभयो ।

महोत्सबमा विभिन्न २६ देशका ५४ वटा चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ । विश्वभरि खुल्ला आवेदनबाट संकलन गरिएका डकुमेन्ट्री, सर्ट, एनिमेसन र फिक्सन गरी २६ देशका ५४ वटा फिल्महरु महोत्सवका लागि छानिएका छन् । तिनै सिनेमाहरु महोत्सबमा प्रदर्शन हुने आयोजकले जनाएको छ । महोत्सव मंसिर २६ गतेसम्म चल्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्