प्रस्तावित ३ न्यायाधीशविरुद्ध ९ वटा उजुुरी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १८ मंसिर । सर्वोच्च अदालतका लागि प्रस्तावित तीन जना न्यायाधीशविरुद्ध संसदीय समितिमा ९ वटा उजुरी परेका छन् ।

९ मंसिरमा बसेको संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको थियो । आज सम्म तीन जना न्यायाधीशविरुद्ध ९ वटा उजुरी परेको हो ।

५ मंसिरमा बसेको न्याय परिषद्को बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौड्याल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो ।

प्रस्तावित न्यायाधीश सुवेदीविरुद्ध पाँच उजुरी परेको छ । टेकप्रसाद ढुंगाना र अब्दुल अजिज मुसलमानविरूद्ध पनि उजुरी परेको छ ।

समितिका सहसचिव निर्मलादेवी लामिछाने  (वस्ती) का अनुसार आगामी बिहीबार समितिको बैठक राखिएको छ । उक्त बैठकमा प्रस्तावित न्यायाधीशविरुद्ध परेका उजुरी खोलिनेछ ।

सहसचिव लामिछानेका अनुसार प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने समय समेत बाँकी रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्