बाग्मती प्रदेशका मुख्यमन्त्रीद्धारा दिउँसोका लागि सर्बदलीय बैठक आवहान

खबर बुक
  • ख-
  • ख+

हेटौंडा, १७ मंशिर ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज सर्वदलीय बैठक बोलाएका छन् ।

जसअनुसार आज मुख्यमन्त्री कार्यालयमा दिउँसो १ बजेका उक्त बैठक बस्नेछ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले आजका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन्। 

प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समिति विषयमा छलफलका लागि बैठक आह्वान गरिएको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिएका छन् ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्