भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री रायमाझीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, १५ मङ्सिर।  उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ ।

न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले पूर्वमन्त्री टोपबहादुर रायमाझी, इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पासहित ९ जनालाई थुनामा राख्ने जिल्ला अदालत पाटनले आदेश दिएको हो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्नको आरोपमा पक्राउ परेका पूर्वमन्त्री बालकृष्ण खाँण र टोपबहादुर रायमाझी । त्यस्तै, इन्द्रजित राई, तत्कालिन गृहसचिव टेकनारायण पाण्डेलगायत २० जनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

उनीहरुले काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरेका थिए । सरकारले उनीहरु विरुद्ध ठगी, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधमा मुद्दा अघि बढाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्