खाँड छुटने कि नछुटने केही बेरमा फैसाला आउँदै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १५ मंशिर । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरू छुटने कि थुनामा नै रहने भन्नेमा केही बेरमा फैसाला आउन लागेको छ ।

हाल सो प्रकरणमा थुनामा रहेका पुर्ब गृह मन्त्री बालकृष्ण खाँणलाइ थुनामुक्त गराउनु पर्ने मागसहित गरिएको जवाफी बहस सकिएकाले आज फैसाला आउने सम्भावना रहेको जनाइएको छ ।
 

अदालतमा जवाफी बहसमा खाँडलगायत थुनामा रहेकाहरुको पक्षबाट वकिलहरूले उनीहरुलाइ थुनामुक्त गरेर मुद्दा चलाउन माग गरेका छन् ।

जससँगै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोडभन्दा बढी ठगी गरेको प्रकरणमा हाल थुनामा रहेका नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्व गृहमन्त्री खाणलगायतको मुद्धामा केही बेरमा फैसाला आउन लागेको हो ।

आज आउने फैसालाले खाँड लगायत थुनामा रहने कि बाहिर बसेर मुद्धा चलाउने भन्नेमा निक्र्यौल हुनेछ । उच्च अदालतमा अहिले भीड बढेको छ । 

न्युज कारखाना
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्