काठमाडौं, १४ मंशिर । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसको नेतृत्वमा जनताले प्राप्त गरेको अधिकारको रक्षाका लागि आर्थिक क्रान्तिमा जोड दिनुपर्ने बताएका छन् ।
पटक पटक जनता बाट गुमेको अधिकार काँग्रेसको नेतृत्वमा फिर्ता आएको स्मरण गर्दै नेता सिंहले प्राप्त उपलब्धिको सुरक्षाका लागि पनि काँग्रेसले नेतृत्व गर्नुपर्ने बताए ।
काँग्रेस पर्साका पूर्व उपसभापति स्वः अशोक जयसवालको श्रद्धाञ्जली सभामा बोल्दै उनले ०४६ को परिवर्तन पछि लौहपुरूष गणेशमान सिंहले प्राप्त राजनीतिक उपलब्धि रक्षाका लागि आर्थिक क्रान्ति गर्नुपर्ने बताएको स्मरण गर्दै अहिले त्यसका लागि बेला भइसकेको बताए ।
अब देशलाई समृद्धिको बाटोमा लैजान पनि , आम जनताको चाहनाअनुसार शासनपद्दति सञ्चालन गर्नका लागि फेरि पनि जिम्मेवारी काँग्रेसको काँधमा आएको बताउदै उनले पार्टीलाई एक ढिक्का बनाएर अब अघि बढ्नुपर्नेमा जाेड दिए। उनले देशको समृद्धिका लागि उद्योगहरूको विकास हुनुपर्ने बताए ।
कार्यक्रममा काँग्रेस नेता हरू सुरेन्द्र चौधरि अजय चौरिसिया राजेन्द्रकुमार केसि अनिल रुङगटा लगायतले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे काँग्रेस गम्भीर बन्नु पर्ने बताउएका थिए ।
कार्यक्रम नेपाली काँग्रेस पर्सा सभापति जनार्दन क्षेत्रीको सभापतित्वमा पाटी कार्याल पर्सामा भएको कार्यक्रममा स्वः नेता असोक जैसवालको योगदानकाबारे वक्ताहरू चर्चा गरेका थिए ।











