राष्ट्रपतिद्दारा मोजाम्बिक र इटालीका लागि गैर आवासीय राजदुत नियुक्त

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १४ मंशिर । राष्ट्रपति रामचन्द्र पौडेलले दुइ देशमा राजदुत नियुक्त गरेका छन । 

राष्ट्रपतिको कार्यालय, शितलनिवासका अनुसार मोजाम्बिक र इटालीका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरिएको हो ।

जसअनुसार राष्ट्रपति पौडेलले दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत दानबहादुर तामाङलाई गणतन्त्र मोजाम्बिक र स्विट्जरल्यान्डका लागि नेपालका आवासीय राजदूत रामप्रसाद सुवेदीलाई इटालीका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका हुन ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आज गैरआवासीय नेपाली राजदूत नियुक्त गरेको जानकारी राष्ट्रपति कार्यालयले दिएको छ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्