जन्म दिनमा पुटिनलाई ट्र्याक्टर उपहार

खबर बुक
  • ख-
  • ख+

किभ, २३ असोज । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो ७०औँ जन्म दिनमा अनौठो उपहार प्राप्त गरेका छन् । युक्रेनविरुद्ध ७ महिनादेखि हमला गरेका पुटिनले ट्र्याक्टर  उपहार प्राप्त गरेका हुन् ।

पुटिनका बेलारूसी सहयोगी अलेक्जेन्डर लुकासेन्कोले सो उपहार दिएका हुन् । रुसी सहर पिटर्सवर्गको भ्रमणका क्रममा लुकासेन्कोले उक्त उपहार दिएका हुन् । पुटिनलाई ट्र्याक्टर  उपहार दिएको लुकासेन्कोले पुष्टि गरेका छन् ।

युरोपको स्व–शैलीका ‘अन्तिम तानाशाह’ लुकासेन्को सन् १९९४ देखि सत्तामा छन् । युक्रेनमा रुसी हमलाको उनले समर्थन गर्दै आएका छन् । लुकासेन्को पुटिनका निकट मित्रसमेत हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्