आयरल्यान्ड: पेट्रोल पम्पमा विस्फोट, १० जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

डब्लिन, २३ असोज । आयरल्यान्डको उत्तरपश्चिममा रहेको पेट्रोल स्टेसनमा भएको विस्फोटमा एक स्कूले छात्रासहित १० जनाको मृत्यु भएको प्रहरीले शनिबार जनाएको छ । काउन्टी डोनेगल गाउँ क्रिस्लोमा सो विस्फोट भएको आयरल्यान्डको प्रहरी गार्डा सियोचनाले एक पत्रकार सम्मेलनमा जानकारी दिए ।

‘विष्फोटमा किशोर किशोरीसहित १० जनाको मृत्यु भएको छ ’, प्रहरीले भनेको छ, ‘पीडित सबै स्थानीय रहेको देखिन्छ । ’ विस्फोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्