सरकारले राम्रो काम गर्न नसकेकाले देशमा अराजकता बढयो -ओली

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राम्रो काम गर्न नसकेकाले देशमा अराजकता बढेको बताउनुभएको छ ।

नेपाल सम्वत ११४४, नववर्ष, तिहार र छठ पर्वको अवसरमा एमाले काठमाडौं महानगरपालिका कमिटीले शनिबार बसन्तपुरमा आयोजना गरेको कार्यक्रममा ओलीले सरकारले राजनीतिलाई अराजक बनाएको र सुशासन कायम गर्न नसकेकाले देशमा अराजकता बढेको बताउनुभएको हो । उहाले सरकारले नै गुन्डाहरूलाई प्रश्रय दिएको आरोप समेत लगाउनुभयो ।

सरकारले गरेको गल्तीको भागेदार सरकारमा रहेका दलहरु नै हुने उहाले बताउनुभयो । अध्यक्ष ओलीले व्यक्तिमा खराबी हुन सक्ने भन्दै लोकतन्त्र र गणतन्त्र कहिल्यै खराब हुन नसक्ने तर्क गर्नुभयो । देशमा राजतन्त्रको कल्पना गर्न नसकिने र अब ढुंगे युगतिर फर्किन नसक्ने बताउदै ओलीले जन्मिँदै कोही राजा बन्ने कुरा जनतालाई स्वीकार्य नहुने जिकिर गर्नुभयो ।

उहाले पुराना इतिहासको सकारत्मक कुरालाई सम्मान गर्दै अघि बढ्नुपर्ने धारणा राख्नुभयो । उहाल जनतालाई जात धर्मको नाममा बिभाजित गर्ने प्रयास गरेर अहिले देशका बिरुद्ध षडयन्त्र भइरहेकाले देशको रक्षाका लागि नेकपा एमाले जनतालाई साथमा लिएर अग्रपङ्गीमा उभिएर लड्न तयार रहेको जिकिर गर्नुभयो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्