काठमाडौं, ८ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चेतना नभएका मान्छेले मात्र राजतन्त्र मान्ने टिप्पणी गरेका छन्।
भ्रातृ संगठन युवा संघ नेपालको केन्द्रीय कमिटीको पूर्ण बैठकलाई शुक्रबार सम्बोधन गर्दै ओलीले थोरै मात्र चेतना भएको मान्छेले राजतन्त्र स्वीकार गर्न नसक्ने टिप्पणी गरेका हुन्।
जनताले काम लाग्ने चिज होइन रहेछ भनेर १५ वर्ष अगाडि फालिसकेको राजतन्त्र ब्यूँताउँछु भन्नु दिवा स्वप्न भएको उनको दाबी छ।
युवा संघले बिहीबार गरेको प्रदर्शन झलक मात्र भएको भन्दै उनले ठूला आन्दोलनका लागि पनि तयार रहन आग्रह गरे ।











