सुरक्षामा खलल् पुर्याउने आशंकामा धमाधम पक्राउ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ८ मंशिर । मेडिकल ब्यावसायी दुर्गा प्रसाइको आन्दोलनमा सक्रिय भएको आरोपमा धमाधम पक्राउ पर्न थालेका छन् ।

आज ११ बजे देखी तीनकुने, काठमाडौंमा प्रदर्शन गर्न लागेका प्रदर्शनकारीहरुलाई सो अगावै पक्राउ गरिएको प्रहरीले जनाएको छ प्रहरीका अनुसार शान्ति सुरक्षामा खलल पु¥याउने उदेश्यले आन्दोलन गर्न लागेको सुचनाका आधारमा आज बिहानसम्म ५ जनालाई पक्राउ गरिएको हो । उनीहरुलाई काठमाडौंको बिभिन्न ठाउँवाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कालगायत ५ जना पुगिसकेका छन । उता, जिल्ला प्रशासन कार्यालय, काठमाडाैंले तीनकुनेमा प्रसाइ समुहलाइ आन्दोलन गर्ने अनुमति नदिएकाे जनाएकाे छ । जहाँ उनीहरूले आन्दोलन गर्ने घाेषणा गरेका थिए ।

न्युज कारखाना

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्