
असोज २२, काठमाण्डौ । नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको निधन भएको छ । आज बिहान काठमाण्डौ काँडाघारीमा रहेको आफ्नै निवासमा उहाँको निधन भएको हो ।
घरकै बाथरुममा लडेर उहाँको निधन भएको हो । परिवारका अरू सदस्य बर्दिवास गएकाले उहाँले घरमा एक्लै हुनु हुन्थ्यो ।
तत्कालीन नेकपा विभाजित भएपछि ढुंगेल एमालेमै बस्नुभएको थियो । उहाँ एमालेको पोलिटब्युरो सदस्य पनि हुनु हुन्थ्यो ।
तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा भएको उज्जन श्रेष्ठको हत्या आरोपमा उहाँ दुई पटक गरी झन्डै सात वर्ष जेल बस्नुभएको थियो ।