राष्ट्रपति जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा कांग्रेसको प्रतिनिधि भएर गएको ओलीको आरोप

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर २ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा कांग्रेसको प्रतिनिधि भएर गएको बताउनुभएको छ ।

एमाले कार्यालय च्यासमा शनिबार आयोजित एमाले जनसंगठन समन्वय संयन्त्रको विशेष भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रपति निष्पक्ष हुन नसकेको र जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा पनि कांग्रेसकै प्रतिनिधि भएर गएको बताउनुभएको हो ।

त्यस्तै उहाले पुष्पकमल दाहाल प्रचण्ड पनि माओवादीको प्रतिनिधि भएर जाजरकोट गएको आरोप लगाउनुभयो । ओलीले एक वर्ष नपुग्दै राष्ट्रपतिले अलोकतान्त्रिक पक्षधरता भेद्भावपूर्ण व्यवहार देखाएको र संविधान सिध्याउनेतर्फ लागेको उल्लेख गर्नुभयो ।

उहाले लोकतान्त्रीक प्रणालीमा अधिनायकवाद व्यवहार स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । उहाले देशको बेतिथीलाई रोक्न आगामी सात गते पार्टी संगठनले गर्न लागेको प्रदर्शनलाई एमालेको साथ र समर्थन रहेको भन्दै देशको परिस्थीतिलाई रोक्न एमाले अघि बढ्ने बताउनुभयो । ओलीले शान्तिपूर्ण ढंगले सडकमा उत्रिएर प्रतिक्रियावादीको सामना गर्ने धारणा राख्नुभयो ।

उहाले सदन र भेटेर धेरै सुझाव दिएपनि सरकारले सप्रिने लक्षण नदेखाएको जिकिर गर्नुभयो । उहाले

वर्तमान सरकारलाई मुलुकको बिकास तर्फ कुनै ध्यान नरहेको समेत बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्