जनयुद्धको मर्मलाई कसैले दवाउन सक्दैन – प्रधानमन्त्री

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, कार्तिक २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको मर्मलाई कसैले दवाउन नसक्ने बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको पुस्तक ‘यात्रा जिन्दगी’को लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले मुलुकको आमूल परिवर्तनमा जनयुद्धको भूमिका अद्वतीय रहेको भन्दै जनयुद्धको मर्मलाई कसैले दवाउन नसक्ने बताउनुभएको हो ।

पृथ्वीनारायण शाहको एकीकरण अभियानपछि नेपालमा जनस्तरबाट गरिएको सबैभन्दा ठूलो त्याग र विद्रोह जनयुद्ध नै भएको उहाले बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले आधुनिक नेपाल निर्माणको प्रक्रिया नेपाली इतिहासको ऐतिहासिक परिघटना भएकाले पृथ्वी जयन्तीलाई बिदा दिने निर्णय गराएको स्पष्ट पार्नुभयो । प्रचण्डले तत्कालिन अवस्थामा संयुक्त राष्ट्रसंघको बैठकमा नेपालको राजनीतिक अवस्थामा बारेमा भ्रमण छर्ने राजा–महाराजाको सपनालाई आफुले एकलौटी तीन महिने युद्ध विराम घोषणा गरेर रोकेको जिकिर गर्नुभयो । त्यही युद्धबिरामभित्र सात राजनीतिक दलहरुसंग वार्ता भएर १२ बुँदे सहमति भएको उहाले बताउनुभयो ।

प्रचण्डले पूर्वउपराष्ट्रपति पुनले लेख्नुभएको पुस्तक ‘यात्रा जिन्दगी’ सरलता र इमानदारिताको प्रतीक भएको बताउनुभयो । आफ्नो जिम्मेवारीप्रति कहिल्यै लापरवाही नगर्ने र जनयुद्धकाल र शान्ति प्रक्रियामा पनि आफ्नो आदेशलाई जस्ताको तस्तै लागू गर्ने एक जना नेता पुन भएको उहाले स्मरण गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्