पुराना राजनीतिक दल बेठिक हुन् भन्ने भाष्य तयार गरियो : रमेश लेखक

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १६ कात्तिक । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पुराना राजनीतिक दलहरू सबै बेठिक हुन् भन्ने भाष्य तयार गरिएको बताउनुभएको छ ।

आज बिहीवारको प्रतिनिधिसभाको बैठकमा प्रमुख सचेतक लेखकले यो व्यवस्था (गणतन्त्र)  र संविधान ल्याउने राजनीतिक दलहरू बेठिक हुन् भन्ने किसिमले प्रायोजित रूपमै आक्रमण भइरहेको बताउनुभएकाे हाे । उहाँले यो संविधान र व्यवस्था असफल भए देश खतरामा जाने दाबी गर्नुभयो । संविधान सफल बनाउन सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने उहाँकाे भनाइ छ ।

प्रमुख सचेतक लेखकले संविधान सफल बनाउनका लागि लोकतान्त्रिक मूल्य र मान्यताको परिधिमा बसेर सहमति र सहकार्यको विकास गर्नुपर्ने बताउनुभयो । प्रायोजित षड्यन्त्रलाई चिर्न सबै दलहरू एक ठाउँमा उभिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्