अविरल वर्षाको कारण पहिरो जाँदा विभिन्न स्थानका सडक अवरूद्ध भएका छन्।
लमजुङको मर्स्याङदी गाउँपालिका ४ अर्खलेस्थित लमजुङ मनाङ सडकखण्डमा अविरल वर्षाको कारण हिजाे दिउँसो पहिरो जाँदा सडक पूर्ण रूपमा अवरोध भएको छ।
यसैगरी बेसीशहर नगरपालिका-१ उदिपुरस्थित डुम्रे बेसिशहर सडकखण्ड समेत आज बिहान पहिरो जाँदा पूर्णरूपमा अवरोध भएको छ।
यस्तै, दाङको घोराही उपमहानगरपालिका १९ च्यानगैरास्थित होलेरी-घोराही सडकखण्डमा हिजाे साँझ पहिरो जाँदा सडक पूर्णरूपमा अवरोध भएको छ।
यसैगरी तुलसीपुर उपमहानगरपालिका-१३ भन्ज्याङस्थित तुलसीपुर अमिलिया सडकखण्ड समेत अविरल वर्षाको कारण हिजाे दिउँसो पहिरो जाँदा अवरोध भएको छ।
यसैगरी, प्यूठानको स्वर्गद्धारी नगरपालिका ९ प्यूठान- रोल्पा सडकखण्डस्थित जुरापाटामा हिजाे बेलुकी पहिरो जाँदा सडक पूर्णरूपमा अवरोध भएको छ।
यस्तै, सल्यानको कपुरकोट गाउँपालिका-३ फलाटेस्थित दाङ सल्यान सडकखण्ड अन्तर्गत राप्ती राजमार्गमा आज बिहान पहिरो जाँदा सडक पूर्ण रूपमा अवरोध भएको छ।
यस्तै, सुर्खेतको गुर्भाकोट नगरपालिका -९ पोखरेस्थित छिन्चु-जाजरकोट सडकखण्डमा हिजाे बेलुकी पहिरो जाँदा सडक पूर्णरूपमा अवरोध भएको छ।
यस्तै, दोलखाको भिमेश्वर नगरपालिका-५ बिरुवास्थित चरिकोट-मन्थली सडकखण्डमा बुधबार बेलुकी पहिरो जाँदा सडक अवरोध भएको छ।
यस्तै, रोल्पाको रुण्टिगढी गाउँपालिका-५ खुम्वासास्थित दाङ(रोल्पा सडकखण्डमा हिजाे साँझ पहिरो जाँदा सडक पूर्णरूपमा अवरोध भएको छ।
यस्तै, पाल्पाको रिब्दिकोट गाउँपालिका-२ जोर्ते घुम्तिस्थित तानसेन-रिडी सडकखण्डमा आज बिहान पहिरो जाँदा सडक पूर्णरूपमा अवरोध भएको छ।
यस्तै, नुवाकोटको बेलकोटगढी नगरपालिका- ७ बुद्धसिङघाटस्थित गल्छी- त्रिशुली सडकखण्डमा आज बिहान पहिरो जाँदा सडक पूर्ण रूपमा अवरोध भएको छ।
यस्तै, स्याङ्जाको गल्याङ नगरपालिका-८ झोल्पेस्थित सिद्धार्थ राजमार्गमा आज बिहान पहिरो जाँदा सडक पूर्ण रूपमा अवरोध भएको छ।
यस्तै, मुस्ताङको थासाङ गाउँपालिका-४ घोप्टे भिरस्थित बेनी(जोमसोम सडकखण्डमा आज बिहान पहिरो जाँदा सडक पूर्णरूपमा अवरोध भएको छ।
यसैगरी, चितवनको भरतपुर महानगरपालिका-२९ मुग्लिङ-नारायणगढ सडकखण्डस्थित सत्र किलोमा आज बिहान पहिरो जाँदा सडक पूर्णरूफमा अवरोध भएको छ।
नजिकका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले अवरोध भएका सडक खुलाउन आवश्यक पहल गरिरहेको छ।












