नागढुंगा–नौबिसे सडक खुल्यो, मुग्लिन–नारायणगढ अझै अबरुद्ध

खबर बुक
  • ख-
  • ख+

असोज २०, काठमाण्डौ  । काठमाण्डौको मुख्य नाका नागढुंगा–नौबिसे सडकखण्ड खुलेको छ ।

सुरुङमार्ग नजिक खसेको पहिरोका कारण बिहानदेखि सडक अबरुद्ध भएको थियो ।

बिहान सवा ११ बजेतिर पहिरो हटाइ सडक खुलाइएको प्रहरीले जनाएको छ ।

यो सडकखण्ड खुले पनि मुग्लिन नारायणगढ सडकखण्ड भने अहिले पनि ठप्पै छ ।

चितवनको १८ किलोमा ठूलो पहिरो खसेकाले पन्छाउन कठिनाइ भएको छ । पहिरोसँगै पानी परिरहेकाले सडक खुलाउन समस्या भएको प्रहरीको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्