इटहरीबाट दिक्तेल आउँदै गरेको सुमो दुर्घटना हुँदा चार जना घाइते

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज १७

इटहरीबाट दिक्तेल आउँदै गरेको सुमो दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

प्रदेश १–०२–००१ ज ४०२४ नम्बरको सुमो हलेसी तुवाचुङ नगरपालिका–४ च्यास्मिटारको मेखुखोलामा सोमबार दिउसो साडे दुई बजे दुर्घटना भएको हो । दुर्घटनामा मोरङ बेलबारी नगरपालिका–११ का ३८ वर्षीय राजकुमार गुरुङ, उनकी श्रीमती ३१ वर्षीया अन्जु गुरुङ, छोरी ७ वर्षीया निआशा गुरुङ र सुनसरी इटहरी नगरपालिका–२० का ४० वर्षीय विनोद गुरुङ घाइते भएका हुन् ।

घाइतेको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक रामबालक रायले बताए । गाडी सडकभन्दा करिब सय मिटर तल झरेको रायले बताए । गाडीमा आठ जना सवार थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्