सुन तस्करी प्रकरणको छानविन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन

खबर बुक
  • ख-
  • ख+

काठमाडौ, १४ असोज ।  सरकारले सुन तस्करी प्रकरणको छानविन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधिश डिल्लीराज आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो ।

आयोगको सदस्यहरुमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा रहनुभएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।

आयोगले सुन तस्करीको नियन्त्रण गर्न सुझाव सहितको प्रतिवेदन पेश गर्न आयोग गठन गरिएको उहाले बताउनुभयो । प्रवक्ता शर्माले सरकारका निकायहरुले गरेको छानविनलाई पनि आधार मानेर आयोगले काम गर्ने धारणा राख्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्