एमालेको कोशी प्रदेश अधिवेशनमा नयाँ नेतृत्वको लागि निर्वाचन प्रक्रिया शुरु

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज १३ । विराटनगरमा जारी नेकपा एमालेको कोशी प्रदेश अधिवेशनमा नयाँ नेतृत्वको लागि निर्वाचन प्रक्रिया शुरु भएको छ ।

अधिवेशनमा शनिवार राजनैतिक, आर्थिक र सांगठनिक प्रतिवेदन माथि छलफल भई पारित भएको अध्यक्ष मण्डलका सदस्य राम बहादुर रानाले जानकारी दिनुभयो । उहाले आइतवार बिहान देखि मतदान भई बेलुका सम्म अधिवेशन सम्पन्न गर्ने तयारी रहेको बताउनुभयो ।

अध्यक्षको साङ्गठनिक प्रतिवेदनका विषयमा ७ वटा समितिले सामूहिक छलफलपछिको प्रस्तुतिपछि निर्वाचन प्रक्रिया शुरु भएको हो अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिव गरी ५ जना पदाधिकारी सहित २ सय १५ जनाको प्रदेश कमिटी गठन गर्ने बताइएको छ । भरसक सहमतिको प्रयास भईरहेको र विभिन्न कल्स्टरबाट चुनिनुपर्ने भएकाले केही पदमा निर्वाचन हुन सक्ने बताइएको छ । मतदान भने आइतबार बिहान ११ बजेबाट हुने रानाले जानकारी दिनुभयो । राम बहादुर राना, सदस्य, अध्यक्ष मण्डल, एमाले कोशी प्रदेश अधिवेशन ।

अधिवेशनमा १३७ वटा पालिका सहित विभिन्न जनवर्गिय संगठन, दलित, मजदुर प्रतिनिधि गरी ९ सय ९७ जना मतदाता रहेको छ । अधिवेशनमा मोरङका विनोद ढकाल र घनश्याम खतिवडाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्