काठमाडौं, असोज १६
नेपालीहरूले दशैंको बेलामा खेल्ने गरेको पिङको संस्कृति हराउदै गएको छ ।
दसैंमा पिङमा बसेर धर्ती छाड्नाले मृत्युपछि स्वर्ग पुगिने जनविश्वास छ । विशेषगरी दशैंको बेलामा पिङको महत्व छुट्टै रहेको पाइन्छ । तर पछिल्लो बर्षहरुमा पिङको संस्कृति हराउदै गएको हो ।
नेपाली परिवेशमा पिङलाई परम्परा चलनहरुलाई जर्गेना गर्ने उद्देश्यले पनि गाउँठाउँ र सहरहरुमा युवाहरुको समूहहरु बनाएर पनि पिङ हाल्ने गरिन्छ । थोरैको संख्यामा भएपनि कतै बाँसको लिंगो गाडेर त कतै रुखको हाँगामा डोरी बाँधेर पिङ खेल्ने गरिएको छ । दशैमा सबै एकै ठाउँमा जम्मा भएर पालैपालो पिङ खेलेर खुसी मनाँउदै एकआपासमा सौहार्दताको आदानप्रदान गर्ने गर्छन् ।











