काठमाडौंका विभिन्न नाकाहरुबाट दशैं मान्नका लागि उपत्यका छाड्नेहरुको भीड लागेको छ ।
खासगरी थानकोट हुँदै बस छुट्ने र कोटेश्वर हुँदै बस छुट्ने ठाउँहरूमा बिहानैदेखि यात्रुको अत्यधिक भिड लागेको छ ।
सार्वजनिक गाडी र निजी गाडी पनि उत्तिकै मात्रामा सडकमा गुडिरहेका छन् । गाडीभित्र यात्रु भरिभराउ देखिन्छन् भने सडकमा गाडी कुर्नेहरूको लाइन पनि लामो देख्न सकिन्छ ।
धेरै गाडी चलेका कारण यात्रुले उपत्यका छोड्न मात्रै पनि घण्टौँसम्म जाममा बस्नुपरेको छ । दैनिक हजारौँको सङ्ख्यामा मानिसहरूले काठमाण्डौ उपत्यका छोडिरहेका छन् ।
अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष उपत्यका छाड्नेहरूको सङ्ख्या बढेको छ । अघिल्ला वर्षहरूमा कोरोना महामारीका कारण मानिसहरूको आवतजावतमा समस्या भए पनि यस वर्ष भने निर्वाधरूपमा मानिसहरू हिँडिरहेका छन् ।
यात्रुले टिकट नपाउने समस्या भोग्नुपरेको गुनासो गरेका छन् ।