मुलुकको अर्थतन्त्र सुधार भएको भनेर सरकारले जनतालाई ढाँटिरहेको छ – केपी ओली

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सुधार भएको भनेर सरकारले जनतालाई ढाँटिरहेको बताउनुभएको छ ।

नेपाल उद्योग तथा व्यवसायी महासंघले मंगलबार काठमाडौंमा आयोजना गरेको निजी क्षेत्रसंग नेकपा एमाले कार्यक्रममा ओलीले देशको अर्थतन्त्र नाजुक अवस्थामा पुग्दा पनि सुधार भएको भनेर सरकारले जनतालाई ढाँटिरहेको बताउनुभएको हो ।

कोरोनापछि विश्वकै अर्थतन्त्र सुधार भएपछि नेपालको अर्थतन्त्र झन ओरालो लाग्नु चिन्ताको बिषय भएको उहाले बताउनुभयो । उहाले अर्थतन्त्रमा देखिएको असर व्यवसायीहरुमाथि पनि देखिदा पनि व्यवसायीहरुको समस्यामा सरकारले कुनै चासो नदेखिएको जिकिर गर्नुभयो ।

मुलुकको अर्थव्यवस्थालाई ओरालोतर्फ ढकेल्ने गरि बजेट ल्याउदा केहि व्यवसायीले निकै राम्रो भनेर बजेटमाथि दिएको प्रतिक्रिया सुन्दा आफुलाई आश्चर्य लागेको उहाले बताउनुभयो ।

अध्यक्ष ओलीले मुलुकमा धेरै समस्या आउदा पनि सरकार बिभिन्न प्रकरण चलाउदै कमिशनको चक्करमा लागेको आरोप लगाउनुभयो । उहाले सुनतस्करी प्रकरणमा भरिया नभइएर लगानी गर्ने वास्तविक मालिकको खोजि गर्नुपर्ने धारणा राख्नुभयो ।

ओलीले व्यवसायीहरुको समस्याका बारेमा आफुले राष्ट्र बैंक लगाएत सरोकारवाला निकायसंग छलफल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्